सुनचाँदीका गहना चोर्ने गिरोह पक्राउ

काठमाडौं– नक्साल नागपोखरीस्थित सन्तोषी माताको मुर्तीमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ गते राती १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा परिसर तथा प्रहरी बृत्त मालीगाउँबाट संयक्तरुपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाएको हो ।
घटनाबारे जानकारी पाउने बितिकै मन्दिरमा पुगी अनुसन्धानका बिविध बिधि र प्रविधिहरुको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको र मुर्तीमा जडित सुनचाँदीको गरगहना लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
पक्राउ पर्नेमा गौरीघाट बस्ने सबिना पराजुली, खरिबोट बस्ने विष्णु पछाई र गौरीघाट सिद्दार्थ बुढाथोकी रहेको उनले बताए । उनीहरुबाट सुनको तिलहरी, चाँदीको करुवा, चाँदीको चुकुन्दा, चाँदीको मुकुट, चाँदीको गिलास लगाएतका सामाग्री फेला परेको मैनालीले बताए ।
पक्राउ गर्नेहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, मालीगाउँबाट थप अनुसन्धान भईरहेको मैनालीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया