अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठको मृत्यु

काबुल : अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ ।
नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ । त्यसमा परी सो क्षेत्रमा बसोबास गरिआएका ती नागरिकको ज्यान गएको बताइएको छ । सो गजनी प्रान्तका प्रान्तीय प्रवक्ता जाहिदुल्लाह जुमाले जानकारी दिए । सो आवास क्षेत्रमा भएको मोर्टार प्रहारमा परेर त्यहाँ बसिरहेका ८ जनाको ज्यान गएको छ भने अरु ७ जना नराम्ररी घाइते भएका प्रवक्ता जुमाले बताए ।
आइतबार साँझ सो क्षेत्रमा मोर्टार प्रहार भएको थियो । तर त्यो मोर्टार कसले र किन हानेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । तर पनि अफगानिस्तानमा हिंसा गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने यहाँका सुरक्षा निकायले दाबी गरेका छन् । यस हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन् । यस विषयमा उनीहरुबाट कुनै प्रतिक्रिया पनि आएको छैन ।(रासस/एएनआई)

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7OKSeBG3qn_i72cao1tsephugrbccdvsbvyo4nu8ufzs3n1fqhhtvygscpbcezwvy08srxa.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

प्रतिक्रिया