जुवातास खेलिरहेका ६ जना दुई लाखसहित पक्राउ
कास्की - जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
तास खेलिरहेका उनीहरूलाई नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई पोखरा–८ न्यूरोड बस्ने ३२ वर्षीय नविन गौचन, पोखरा–८ पृथ्वीचोक बस्ने ५४ वर्षीय सोमत तुलाचन, पोखरा–२ अर्चलबोट बस्ने ५३ वर्षीय बिराट केसी, म्याग्दीको अन्नपूर्ण–३ घर भई हाल पोखरा–८ न्यूरोड बस्ने वर्ष ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारी बस्ने ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया