बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

यामाहा शोरुमबाट तेञ्जिङ लामाले पाए २० लाख ७९ हजार

काठमाडौँ- यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ x १००० गुणाले खुसी बढाउनुहोस्’ को विजेता घोषणा गरेको छ ।काठमाडौँका तेन्जिङ लामा उक्त अफरको  विजेता बनेका छन् । हिमालयन टिभी मार्फत् प्रत्यक्ष प्रसारण गरिएको विजेता घोषणामा ‘लक्की ड्र’मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २० लाख ७९ हजारको चेक यामाहा शोरुम, तिर्पुरेश्वरबाट हस्तान्तरण गरेको छ । 

 कम्पनीको अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत ०१ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो । यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो । कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भइ उल्लेखित नगद उपहार जितेका थिए ।

बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज  प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ । 

सो अवसरमा बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले ग्राहकहरूको खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेको विचार व्यक्त गरे , साथै उनले आउँदै गरेको नेपालीहरूको महान चाडपर्व दसैँ/तिहारलाई अझ उत्सव मय एवम् बृहत् बनाउनका निम्ति यस्तै आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको बताए ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…