४.२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा वृध्दि

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ । कारोबार रकममा पनि उल्लेख्य वृध्दि भएको छ । नेप्से ४.२२ बिन्दुले बढेर एक हजार ६५२.८० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने सोमबार ०.६१ बिन्दुले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैँयामा कारोबार भयो ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये ६ उपसमूहको शेयर उकालो लागेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बीमा १७.१९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार ५८.८, वित्त ०.९२, निर्जीबन बीमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र लघुवित्त ३१.६२ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ५५ करोड एक लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी १३ करोड ७४ लाख ७५ हजार ३०८, हिमालयन डिस्टिलरी १३ करोड ३६ लाख ७८ हजार २७६, अपि पावर कम्पनी १० करोड ८५ लाख ६९ हजार ५६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० करोड ३२ लाख ९८ हजार २६६, एभरेष्ट बैंक नौ करोड ६९ लाख २९ हजार ४६९, प्रभु बैंक आठ करोड २० लाख ९३ हजार ५९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक १०, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३, सानिमा जनरल इन्स्योरेन्स ९.९३, नेपाल पुनरबीमा कम्पनी ८.३९, बोटलर्स नेपाल तराई ६.९१, साधना लघुवित्त ५.७९ र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ५.२६ प्रतिशतले कमाए । त्यस्तै, घलेम्दी हाइड्रोपावर ४.८६, पाँचथर पावर कम्पनी ४.३५, युनिभर्सल पावर ३.८५, हिमालयन पावर पार्टनर ३.८५, एभरेष्ट बैंक ३.५८, साञ्जेन जलविद्युत् कम्पनी ३.३० र सिनर्जी पावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए । (रासस)

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

प्रतिक्रिया