सेयर बजारमा हरियाली, परिसूचक ३.०९ प्रतिशतले बढ्यो

काठमाडौँ – साताको तेस्रो कारोबार सेयर बजारमा हरियाली छाएको छ । बुधवार बजार परिसूचक ५९.५४ अंक बढेको छ। अघिल्लो दिनको कारोबारमा १२ अंकले बढेको बजार सोही क्रमलाई पच्छ्याउँदै आजको कारोबारमा पनि ५९.५४ अंक बढेको हो ।
बजार परिसूचक ६० अंक बढ्दा समग्र बजार परिसूचक १९८६.८२ अंकमा उक्लिएको छ। बुधवार २२५ कम्पनीका सेयर कारोबारमा बजार परिसूचक ३.०९ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक १२.४२ अंक बढेर ३८१.३७ मा उक्लिएको छ।
आज २ अर्ब ४ करोड ४४ लाख ३ हजार ७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ५७ लाख ८७ हजार १२६ कित्ता सेयर ३२ हजार ७८२ पटकमा किनबेच भएको थियो ।
बढ्दो बजारमा आज १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल फाइनान्स लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै उप-समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य बढेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया