बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

सुनको मूल्य घट्यो

काठमाडौं - बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको  छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ । सुनको भाउ आज दुई सयले घटेको हो । 

यस्तै, चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आज  चाँदी ५ रुपैयाँले घटेको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो । गतसाता निरन्तर बढ्दै गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घट्दै आएको छ ।