औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको भाषा परीक्षा साउन २ गतेबाट

काठमाडौँ- औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको लागि भाषा परीक्षा साउन २ गतेबाट भदौ ९ गतेसम्म हुने भएको छ । ललितपुरको भैँसेपाटीमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
औद्योगिक क्षेत्रमा काम गर्न जानका लागि पहिलो र दोस्रो चरणको परीक्षामा कूल ३३ हजार ९९५ परीक्षार्थी सहभागी हुनेछन् । भाषा परीक्षा तीन सिफ्टमा हुने भएको छ । बिहानी र दिवाकालीन समयमा परीक्षा हुने भएको हो । १०, साढे ११ र २ बजेदेखि परीक्षा सुरु हुने छ ।
परीक्षार्थीको बायोमेट्रिक परीक्षण परीक्षाको अघिल्लो दिन हुने भएको छ । ८ बजे, ९ र १२ बजे परीक्षण हुने छ ।
यसअघि ईपीएस शाखाले कृषि क्षेत्रमा जाने कामदारको परीक्षा लिइसकेको छ । शाखाले जेठ १९ गतेदेखि असार ३ गतेसम्म लिएको कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षामा ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।
दोस्रो चरणको परीक्षा भदौ २० गतेबाट असोज २१ गते सम्म हुने छ । कुनै कारणवश केही समस्या भएमा दोस्रो चरणको परीक्षा समय सर्न सक्ने शाखाले बताएको छ ।
पहिलो चरणको परीक्षाको नतिजा भदौ १७ गते प्रकाशन हुनेछ । दोस्रो चरणको परीक्षाको नतिजा मङ्सिर २ गते प्रकाशन हुने शाखाले जानकारी दिएको ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया