आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट

काठमाडौंँ- नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ। ​नबिलले बंगलादेश बैंकलाई प्राप्तिपश्चात आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेको हो।

नबिल बैंक र बंगलादेश बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार हुन लागेको हो। 

नबिलले एनबी बैंकलाई प्रतिसेयर ४३ रुपैयाँका दरले गाभेको हो। यसअनुसार नेपाल बङ्गलादेश बैंकका सेयरधनीहरुले एनबीको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् । यस्तै, नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ।