सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

आईजीपी विवाद मुद्दामा जवाफी बहस हुँदै, आजै अन्तिम फैसला आउनसक्ने

काठमाडौँ- नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो ।

यो मुद्दामा आज अन्तिम फैसला आउनसक्ने जनाइएको छ । मुद्दाको सुनुवाई कामु प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाई भइरहेको छ । सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।