आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ब्राउन सुगरसहित युवक पक्राउ

प्रतिकात्मक तस्वीर

सिरहा- सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।  सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।