संकटासँग मनाङ स्तब्ध
पोखरा : आहा रारा गोल्डकप प्रतियोगिताको क्वाटरफाइनलमा संकटा क्लबले मनाङ मर्यस्याङ्दी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङलाई संकटाले १-० गोल अन्तरले हराएको हो । यो सँगै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाका लागि खेलको ४४ औँ मिनेटमा फोफो माले गरेको गोलनै निर्णायक रह्यो । आहा रारा कपको इतिहासमा पहिलो पटक मनाङ संकटासँग पराजित भएको हो ।
यस्तै आइतबार पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट एसोसिएसन, क्यामरुनको टोलिसँग २-१ ले पराजित भएसँगै मछिन्द्र बाहिरिएको थियो । शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा घरेलु क्लब सहारालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको थियो ।
तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने छन् । चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार खर्च हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया