सेनाद्वारा विद्यालयमा रङरोगन तथा सरसफाइ

डोटी - जिल्लामा तैनाथ रहेका नेपाली सेनाले पछिल्लो समय विभिन्न सामाजिक क्षेत्रका कार्यमा सहयोग गर्दै आएको छ । यसै सिलसिलामा आज नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर मातहत रहेको एक युनिटद्वारा यहाँको केआइसिंह गाउँपालिका–७ मा रहेको कलारै आधारभूत विद्यालयमा आफ्नै खर्चमा रङरोगन तथा सरसफाइ गरिएको छ ।
उक्त विद्यालयमा लामो समयदेखि रङरोगन तथा सरसफाइ नहुँदा विद्यार्थीको पढाइमा असर पर्न थालेको भन्दै सेनाको टोलीले विद्यालय भवनमा आफ्नै खर्चद्वारा रङरोगन तथा सरसफाइ गरेको केआइसिंह–७ का स्थानीयवासी गगनबहादुर बलायरले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाको टोलीले विद्यालयमा रङरोगन तथा सरसफाइ गरेपछि अहिले उक्त विद्यालय टिलिक्क टल्किएको छ ।
सेनाले आफ्नै खर्चमा विद्यालय भवनमा रङरोगन तथा सरसफाइ गरेपछि अहिले त्यहाँका अभिभावक पनि नेपाली सेनाप्रति निकै खुसी भएका छन् ।
रासस

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया