न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय
काठमाडौँ - न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरक्त न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।
बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ । परिषद्को निर्णयअनुसार आगामी सोमबार सूचना प्रकाशित हुनेछ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया