चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरू वीरगञ्जमा रोक्न मिल्दैन : मन्त्री बडू
काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरू वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरूसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले राजश्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने उल्लेख गरे ।
मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताए । छिटो छरितो भएर सुविधाहरु बढ्दै जाँदा राजश्व पनि वृद्धि हुने उनकाे भनाइ छ । मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्ण रूपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टर मोडललाई निर्देशन दिए ।
मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले बन्दरगाह सञ्चालनमा ल्याउनको लागि मार्केटिङ, रेडियोमार्फत प्रचारप्रसार गर्न निर्देशन दिए । उनका अनुसार बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिवर्तन गर्न तयार रहेको छ ।
मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक,अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउनुपर्ने बताए ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया