करको दर हेरफेरमा चौधरी ग्रुपको संलग्नता पुष्टि गर्न निर्वाण चौधरीको चुनौती

काठमाडौँ - बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको संलग्नता रहेको भन्दै केही सञ्चार माध्यममा समाचार आएको प्रति निर्वाण चौधरीले आपत्ति जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् बजेटको सन्दर्भमा समाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
'बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ,' उनले लेखेका छन्, 'यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहीँ कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।'
— Nirvana Chaudhary (@BeingNirvana) July 6, 2022

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया