अफिम र गाँजासहित तीन पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट अफिम र लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ स्थित चैनपुरबाट अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार २७ वर्षीय देवेन्द्र तामाङले बोकेको झोला चेकगर्दा लागूऔषध अफिम एक किलो ६ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी राक्सिराङ गाउँपालिका-५ स्थित सडकमा कालिकाटारबाट मनहरी तर्फ जाँदै गरेको ग १ ख ४३३९ नम्बरको यात्रुबाहक बसलाई चेकगर्दा प्रहरीले ७ किलो ५ सय ग्राम गाँजा बरामद गरेको छ । गाँजासहित कैलाश गाउँपालिका-४ का ५२ वर्षीय सानु कान्छा चेपाङ र ३६ वर्षीय गोपाल सिं लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया