पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।
अब पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टितेल १७२ र हवाइ इन्धन १९० पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १७९, डिजेल र मट्टितेल १६३ र हवाइ इन्धनको मूल्य १८५ थियो ।
निगमले पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद भुक्तानी गर्न नसकेकोले बक्यौता समेत बढ्दै गई आगामी असार २४ सम्म ३० अर्ब पुग्न जाने भएकाले आर्थिक संकट कम गर्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया