डरले पुग्दैनन् पीडित प्रहरीसम्म

सुर्खेत : कर्णाली प्रदेशको तीन वर्षको माघसम्मको तथ्याङ्कमा जम्मा १२ वटा जातिय विभेद तथा छुवाछुतका मुद्दा प्रहरीमा दर्ता भएका छन् । कर्णालीमा जातिय विभेदका घटना बढ्दो क्रममा भए पनि प्रहरीमा आउनै
नसकेकाहरू धेरै छन् ।
‘कर्णालीमा जातिय विभेदका घटना प्रहरीमा नआउनुमा विभिन्न प्रलोभन,डर धम्कि र न्यायमा पहुँच नहुनु नै प्रमुख कारण हुन्’ दलित अधिकारकर्मी खगेन्द्र विकले भने 'जातिय छुवाछुतका घटनाहरू दैनिक बढिरहँदा पनि राज्य मौन भएको छ । पहिले पहिले जातिय विभेद र छुवाछुत मात्र गर्थे भने पछिल्लो समय सिधै आक्रमण, हत्या बलात्कार भइरहेका छन् ।'
आर्थिक वर्ष ०७५/७६ देखि हालसम्म सुर्खेत तीन वटा,दैलेखमा तीनवटा,जाजरकोटमा दुइ,सल्यानमा,तीन, कालिकोटमा तीनवटा जातिय विभेदका मुद्दा प्रहरीमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार हालसम्म प्रहरीसम्म पुगेका अधिकांश मुद्दाहरू दुवै पक्षले मिलोमतोमै टुङ्गयाउने गरेका छन् ।
गाउँघरमा अहिले पनि छुवाछुत कायमै रहेको दैलेख ठाटीकाध-२ का वडाध्यक्ष रुपलाल विश्वकर्माले बताए । उनले भने,‘अहिले पनि गाउँघरमा मर्दा मलामी भइन्छ तर पुण्य तिथिमा पानी छुन मिल्दैन र एउटै भान्सामा खाना चल्दैन ।’ छुवाछुत अन्त्यका लागि गाउँटोलमा व्यापक रुपमा जनचेतनामुलक कार्यक्रमको आवश्यक रहेको विश्वकर्माको भनाई छ ।
कुनै समयमा कर्णालीका विभिन्न जिल्लाहरूलाई छुवाछुत मुक्त घोषणा गरे पनि व्यवहारमा लागू नभएपछि घोषणामा मात्र सिमित छ । जातिय छुवाछुत तथा विभेदका मुद्दाहरू मिलाउनका लागि नेता कार्यकर्ताले
राजनीतिक संरक्षण गरेरे कानुनी दायरामा ल्याउन नचाएका कारण पनि विभेदका घटनाहरू बाहिर आउन नसकेको दलित अधिकारकर्मीहरूको भनाई छ ।
समाजमा परम्परागत सोच धेरै हावी भएका कारणले पनि छुवाछुतको अन्त्य हुन नसकेको अधिवक्ता दुर्गा सापकोटा बताउँछन् । जातीय भेदभाव तथा कसुर सजाय ऐन,२०६८ ले छुवाछुत तथा विभेद गर्नेलाई त्यसको अवस्था हेरी एक वर्षदेखि तीन वर्षसम्म कैद र २० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना तिराईनुका साथै दुई लाखसम्म पीडितलाई क्षतिपुर्तिसमेत भराइने व्यवस्था रहेको छ ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया