सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

हत्या अभियोगमा एक महिला पक्राउ

प्रतिकात्मक तस्वीर

सिन्धुली- कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

सोही नगरपालिका–६ लोकतान्त्रिक चोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।