पहिलो पटक विज्ञापनसम्बन्धी आचारसंहिता लागू

काठमाडौँ- नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसंहिता लागू भएको छ ।
आइतबार काठमाडौँमा विज्ञापन बोर्ड आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन् । ३८ पृष्ठको आचारसंहितालाई विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ ।
सो क्रममा मन्त्री कार्कीले आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने बताए । उनले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको उल्लेख गरे । आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे ।
विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका संघ संस्थालगायत सरोकार राख्नेसँग पटक-पटक छलफल गरिएको उल्लेख गरे ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया