सेयर बजारमा हरियाली, परिसूचक २.८४ प्रतिशतले बढ्यो

काठमाडौँ - साताको पहिलो कारोबारको दिन आइतवार धितोपत्र बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबारमा बजार परिसूचक ५८ अंकले बढेको छ।
गत सातापनि पहिलो कारोबारको दिनै ९५ अंकले बढेको बजार परिसूचक यस साताको सुरुवातमा नै सकारात्मकताको लम्किएको हो ।
आइतवार बजार ५७.६१ अंक अर्थात २.८४ प्रतिशतले बढेको छ। ५८ अंकले बजार बढ्दा समग्र बजार परिसूचक विन्दु २०८६.४२ मा उक्लिएको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स १०.२२ अंक अर्थात २.६३ प्रतिशतले बढेर ३९८.८४ अंकमा उक्लिएको छ।
बजार परिसूचक ५८ अंक बढ्दा आज ६ कम्पनी सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज २३१ कम्पनीको सेयर कारोबार हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ४५ हजार १ सय २० पटकको खरिद बिक्रीमा ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएका छन् ।
आइतवार १७६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेका छन् । उप समूह तर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य बढेको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया