मोटरसाइकल चोरी गर्ने गिरोहका नाै जना पक्राउ

दाङ- दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
बुटवल लगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसीयम सिंह ठकुरी रहेका छन् ।
उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया