चार पालिका गुमाएपछि महोत्तरी माओवादीले चुनावी समीक्षा गर्दै
महोत्तरी- माओवादी केन्द्र महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ ।
१८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समिक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगानाले जानकारी दिए ।
निर्वाचनको बिषयलाई लिएर दुइपक्षबीच बढदै गएको दुरीलाई ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो ।
अघिल्लो निर्वाचनमा जितेका पालिकाहरू गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन समिक्षा अगाडि वढाउने संयोजक ढुंगानाले जानकारी दिए ।
१८ असारमा बर्दिबासको माइस्थानस्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समिक्षा हुनेछ।
बर्दिबासको बिषयलाई लिएर पनि नेताहरुबीच अनेकौ टिकाटिप्णी गरिरहेका छन् । राजु खडका पक्षले निर्वाचनमा पराजयको कारक गिरिराजमणि पोखरेल समुहलाई दिएको छ भने पोखरेल समुहले त्यस्लाई अस्वीकार गर्दै आएको छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया