ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

जनकपुरधाम- लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् ।
सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय आरिफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
उनीहरूको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको हो । सँगै हिँडिरहेका उनीहरूमाथि शंका लागेर शरीर खानतलासी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ ।
दुबै जनाविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया