कोभिड प्रभावित व्यवसायीलाई बागमती सरकारले १० लाख रुपैयाँसम्म ऋण दिने
पाँच वर्षका लागि ३ प्रतिशत ब्याज

काठमाडौं : कोभिड-१९ बाट शिथिल भएका व्यवसायलाई बागमती प्रदेश सरकारले १० लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले यस्तो कार्यक्रममा ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने घोषणा गरेको थियो । सोही अनुसार सहुलियत कर्जाको कार्यक्रम ल्याएको हो ।
वार्षिक ३ प्रतिशत नबढ्नेगरी ब्याजदर निर्धारण गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । पाँच वर्षका लागि दिइने ऋण कृषि, पशुपंक्षी, माछापालन क्षेत्रको उत्पादकत्व वृद्धिमा केन्द्रित छ । यसले रोजगारी सिर्जना गर्ने, वन तथा वातावरण क्षेत्रको प्रवर्धन समेत गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
ऋण प्रवाह हुने प्रमुख क्षेत्रहरूमध्ये कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन प्रवर्धन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थापन छ ।
कर्जाका लागि बागमती प्रदेशभित्रका कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयहरूमा दिन सकिने उल्लेख छ ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया