कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

सुर्खेत- कर्णाली प्रदेशमा असार १५ गतेसम्म २८ प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा २८ प्रतिशत धान रोपाइँ सकिएको हो ।
कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।
कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सुर्खेतमा जम्मा ५ प्रतिशत भएको छ ।
कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत, दैलेखमा १५ प्रतिशत, जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाइँ भएको छ ।

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै

चैते धानको उचित मूल्यका लागि पहल गरिने

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

व्यवसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण

प्रतिक्रिया