मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत बजार अनुगमन गरिने
काठमाडौँ- सरकारले हरेक क्षेत्रमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रूपमा बजार अनुगमन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सबै तहको संयन्त्र परिचालन गरी एकै पटक एकै समयमा मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी दिएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई बहाना बनाएर अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि अंकुश लगाउँदै जनतालाई राहत दिनका लागि एकीकृत अनुगमनको योजना बनाइएको उनले बताए ।
मन्त्री बडूले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्यवृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियमक निकायसँगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सबै पालिकाका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिए । उनले उपभोक्ताले थाहा पाउने गरी अनुगमनको जानकारी सात-सात दिनमा सार्वजनिक गरिने उल्लेख गरे ।
त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको कर घटाउने कुरा अर्थमन्त्रालयको भएको भन्दै यसमा आवश्यक सहजीकरण समेत अर्थमन्त्रालयले नै गर्नुपर्ने स्पष्ट पारे ।

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

प्रतिक्रिया