अर्थमन्त्री शर्माले भने : बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार महालेखापरीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतिहरूमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् । उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको उल्लेख गरे ।
अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरूमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धन गर्न महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको पनि जिकिर गरे । सार्वजनिक खर्च तथा स्रोतको दुरूपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरू महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरूमा उत्तारचढाव आइरहेको उल्लेख गरे । उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरूमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्न जरूरी देखिएको दाबी गरे ।

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

प्रतिक्रिया