थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन माग

काठमाडौँ- नेपाल पर्वतारोहण संघले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । संघले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग संघ भेट गरी उक्त माग गरेको हो । संघका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरे ।
संघले गरेका कामको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहेकाे संघका अध्यक्ष शेर्पाले जानकारी दिए । संघले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ ।
संघले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट संकलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत संघ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन् । यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न संघले प्रधानमन्त्री समक्ष माग गरेको छ । संघले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ ।

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_mjI6evb3gp_xynuzylkfhovvg1yhjkcokmc3cqaegdpbzzaiaexdxorkltrt6jcvpkww53h.jpg)
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ

काठमाडौंको रिंगरोड नजिक नेपालमै पहिलो पटक ‘रोलर कोष्टर’

‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

प्रतिक्रिया