अर्थमन्त्री शर्मालाई नहटाई चुनावमा जान सकिन्न

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक र आर्थिक विषयमा आज अर्थविद्हरूसँग छलफल गरेका छन् ।
छलफलका क्रममा अर्थविद्हरूले मुलुक आर्थिक र राजनीतिक रुपमा कुनैपनि समय दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई नहटाई चुनावमा जान नसकिने सुझाव दिएका हुन् ।
छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, पूर्व मुख्यसचिव डा. विमल कोइराला, अर्थविद् अच्युत वाग्ले, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र व्यवसायी नरेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।
छलफलका क्रममा अहिलेको अवस्था सृजना हुनुमा अर्थमन्त्री शर्माको प्रमुख हात रहेकोले उनलाई तत्काल बर्खास्त गर्न आवश्यक रहेको बताउँदै उनीहरूले डा. शेखर कोइरालालाई यस विषयमा पार्टीभित्र स्पष्ट अडान राख्न आग्रहसमेत गरे ।

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

प्रतिक्रिया