मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

मौद्रिक नीतिका लागि लघुवित्त बैंकर्स संघको ३ बुँदे सुझाव

काठमाडौँ- नेपाल लघुवित्त बैंकर्स संघ आगामी मौद्रिक नीतिमा लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या सम्वोधनका लागि ३ बुँदे सुझाव दिएको छ । संघले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरूको समाधानको लागि राष्ट्र बैंकसमक्ष सुझाव पेस गरेको हो ।   

लघुवित्त संस्थाको मुख्य वित्तीय श्रोतको रुपमा रहेको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जा अन्तर्गत ५ प्रतिशत लगानी गर्नुपर्ने हालको व्यवस्था रहेको तर उक्त ५ प्रतिशत भित्र बैंक तथा वित्तीय संस्थाहरुले यो क्षेत्रमा प्रत्यक्ष लगानी गरेको कर्जा समेत गणना भएको अवस्था छ ।

यस अवस्थामा लघुवित्त संस्थाको लागी रहेको कर्जा कोषको मुख्य श्रोत संकुचन हुन गएको अतः क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जा अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुलाई लगानी गरेको थोक कर्जा मात्र विपन्न वर्ग कर्जा अन्तर्गत गणना गर्ने व्यवस्था गर्ने लगायतका सुझाव समेटिएका छन् ।