‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपालको आधिकारिक नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सरकारको निर्णय संविधानको प्रस्तावना र मर्म विपरीत भएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको सभापति शशी श्रेष्ठले जाकारी दिइन ।
सिंहदरवारमा ;सोमबार बसेको समितिको बैठकले सरकारका नाममा यस्तो निर्देशन दिएको हो । गत असोज ११ गत बसेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर नेपालमात्रै लेख्ने निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम असोज २८ गते कानुन न्याय तथा संसदीय मामिलासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर आधिकारिक रुपमा गरिने पत्राचारमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र हटाउन स्थानीय तह र प्रदेश सरकारलाई पत्राचार गर्न भनेको थियो ।
समितिको निर्णय सर्वसम्मत् भने हुन सकेन । बैठकमा सरकारलाई दिने निर्देशन दिने निर्णयमा सत्तारुढ दल नेकपाका दुई सदस्य विजय सुब्बा र नवराज सिलवालले असहमति जनाए । समितिको निर्णयप्रति असहमति जनाएका सुब्बा र सिलवालको भनाई थियो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको शासकीय स्वरुप मात्र भएको हुँदा नामको अघिल्तिर त्यति लामो शब्द राख्नु उपयुक्त हुँदैन । त्यस अतिरिक्त राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्राचारमा समेत अप्ठ्यारो पर्छ ।’
सरकारले विरोध हुने डरले यो निर्णय सार्वजनिक गरेको थिएन । तर, निर्णय बाहिर आएपछि सरकारले संविधानको मर्मविपरीत आधिकारिक नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाएको भन्दै विरोध हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तारुढ दलका केही नेताले सरकारको यो निर्णयको सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया