आफूखुसी बिदा बसेका २४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न जिल्लामा दरबन्दी रहेका २४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैर हाजिर, खोजतलास फेला नपरेको र हाजिर हुने टाँस्दा पनि सम्पर्कमा नआएकाले ७ दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले जारी सूचनामा लेखिएको छ, 'सन्तोषजनक जवाफको स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गरेको कार्यालयमा हाजिर हुन आउनु होला ।'
प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाइने कारबाही हुनेछ ।
प्रहरी नियमावली २०७१ को अनुसूची १४ को भाग ४ प्रयोजनार्थ यसै सामूहिक सूचनामार्फत सफाइको अवसर दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया