सिसडोलको फोहोरबाट निस्किएको 'लिचेट' बिरुवामा प्रयोग गर्न मिल्ने

काठमाडौँ- सिसडोलमा राखिएको फोहोरबाट निस्कने 'लिचेट' हटाउन काठमाडौँ महानगरपालिकाले परीक्षण सुरु गरेको छ । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानले घुलित पदार्थ हटाउन विभिन्न रसायन विधि र मात्रा निर्धारणको काम सुरु गरेको हो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लिचेटको फरक फरक अनुपातमा विभिन्न मात्राको एडजरर्वेन्टहरूको प्रयोग गरी प्रारम्भिक परीक्षणले प्रभावकारी काम गरेको बताएका छन् ।
वर्षातको भएकाले लिचेट आफैमा पानीको मात्रा प्रशस्त भएर पातलो हुने उनको भनाइ छ । उनले भने,' खोलामा पनि पानीको मात्रा धेरै हुने भएकाले तत्कालको लागि नर्कट लगायतका अन्न बिरुवा उमार्ने र थप फिल्टर गरेर खोलामा मिसाउने गरि योजना तयार हुँदैछ ।'
लिचेटको दीर्घकालिन रुपमा समाधानका निम्ति उपयुक्त प्रविधिमार्फत व्यवस्थापन गर्ने गरि योजना तयार भइरहेको उनले थप प्रस्ट पारे ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया