बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

दाङ : यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही-घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस
र, यो पनि
यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_es58pidnDe_hd9mi1dflhq3xo2t91pnrqqxdcebtftvgktdmx5jj0l8p9sf2vl2cnispv7s.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया