प्रदेश १ मा भारी वर्षाको सम्भावना, अरु कहाँ पानी पर्ला ?

काठमाडौं - आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।
अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
शुक्रबार दिउँसो प्रदेश १ को एक-दुई स्थानमा तथा राति प्रदेश १ सहित गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
शनिबार प्रदेश १, बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया