चार दिनपछि खुल्यो डुम्रे-बेँसीशहरको उदिपुर सडक खण्ड

लमजुङ- लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे-बेँसीशहर सडकखण्ड अन्तर्गत उदिपुर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ ।
शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीशहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।
उदिपुरमा पहिरोको विकल्पमा पहिरो तल मर्स्याङ्दी किनारबाट सडक निर्माण गरी बुधबार साँझ साढे ७ बजेबाट सडक सुचारू गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनले भने,'पहिरोले अवरुद्ध सडक खुलाउन आइतबारदेखि वैकल्पिक सडक निर्माण गर्न सुरू गरिएको हो ।'
उनका अनुसार पहिरो तल मर्स्याङ्दी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने वैकल्पिक मार्ग प्रयोग गरिएको छ ।
आइतबारदेखि साना सवारीहरू मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठूला सवारीसाधन आवतजावत गर्न सकेका थिएनन् ।
ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे-बेँसीशहर-चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने पहिरो युक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राती र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ । उदिपुरमा वर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया