चौधरी ग्रुपले ल्यायो क्रम्पटन ब्राण्डको एयर कुलर

काठमाडौँ- चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरि क्रम्पटन ब्राण्ड अन्तर्गत विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलरहरू नेपाली बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरू रहेका छन् । क्रम्पटन ब्राण्ड भारतको सबैभन्दा पुरानो ब्राण्ड र कम्पनीहरू मध्ये एक हो र यसमा उत्कृष्ट गुणस्तर, विश्वसनीयता, उत्कृष्ट इन्जिनियरिङ क्षमता, उत्पादन डिजाइन र ठूलो मात्रामा विश्वलाई प्रेरित गर्ने समृद्ध विरासत छ । क्रम्पटनले उपभोत्ताको आवश्यकताको अर्थपूर्ण सामाधान प्रदान गर्ने नवीन उत्पादनहरू निर्माण गर्दछ ।
क्रम्पटनका उत्पादनहरू भिन्न हुनुका साथै उपभोक्ताहरूलाई ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् । हेर्दा निकै आकर्षक देखिने कुलरहरूमा अनेकौ विशेषता रहेको कम्पनीले जनाएको छ । त्यही विशेषताहरूमा हनिकम्ब प्याड, वाइड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समय सम्म चल्ने पम्प जसले कडा पानीमा पनि काम गर्ने कम्पनीले जनाएको छ।
क्रोम नब र सजिलो सफाइको लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभहरू, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता अद्वितीय विशेषताहरू रहेका छन् । साथै क्रमटनका एयर कुलहरूमा १२ महिनाको वारेण्टी रहेको छ । क्रम्पटन ब्राण्डका एयर कुलरहरू चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. ले ल्याएको छ । क्रम्पटन ब्राण्डका थुप्र्रै अरु घरायसी उपकरणहरू पनि भविष्यमा थप्दै जाने कम्पनीले आफ्नो विज्ञप्तीमा जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया