सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

बारा- दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना२८प नम्बरको र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा करैयामाई गाउँपालिका १ का २२ वर्षीय तबरेज आलमको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्‍ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह घाइते भएका छन् ।

घाइतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको छ । उनीहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।