नेप्से ३७ अंकले सुधार, कारोबार १ अर्ब २३ करोड

काठमाडौँ – साताको तेस्रो कारोबारको दिन सेयर बजार ३७ सुधार भएको छ । मंगलबार सेयर बजार परिसूचक ३७.४९ अंकले सुधार भएको हो ।
साताको पहिलो र दोस्रो कारोबारको दिन क्रमश: ३६ र ४९ अंकले घटेर बजार परिसूचक १८८४ अंकमा ओर्लिएको थियो । आज ३७ अंकले बढेर १९२२ दशमलव ३० अंकमा उक्लिएको छ ।
बजार परिसूचक ३७ अंकले बढ्दा मंगलबार १ अर्ब २३ करोड बराबरको सेयर कारोबार भएको छ । आज २३१ कम्पनीको १ अर्ब २३ करोड ८५ लाख १८ हजार २ सय १ रूपैयाँको कारोबार हुँदा ३७ लाख १२ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
मंगलबार नेप्से ३७ अंक अर्थात १.९९ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ८.८१ अंक अर्थात २.२३ प्रतिशतले बढेर ३७४.३७ अंकमा उक्लिएको छ । उप-समूहतर्फ आज कारोबार भएका १३ समूहकै सेयर मूल्य बढेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया