'सहकार्य र समन्वयले मात्र महानगरको विकास सम्भव हुन्छ'

काठमाडौँ- सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहना अनुसार महानगरको विकास सम्भव हुने बताइएको छ ।
काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरू गर्नुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ-आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे । प्रमुख साहले भने, 'विशेषगरी सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिजस्ता निकायसँग सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव हुन्छ ।'
कार्यक्रममा काठमाडौँ उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोलसम्म जाने तीनपिप्ले सडकखण्ड मर्मतको काम सक्दो छिटो सम्पन्न गर्न सडक विभागलाई आग्रह गरिएको छ ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणसँग ठूलो अपेक्षा रहेको भन्दै कामपाले यसअघिकै विभिन्न शीर्षकमा रहेको बक्यौता रकम बुझाउन अनुरोध पनि गरेको छ । कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलसहित विभिन्न कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

प्रतिक्रिया