सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको राँके जुलुस

काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालले गएरातिबाट वृद्धि भएको इन्धनको मूल्य तत्काल खारेजको माग गर्दै राँके जुलुस प्रदर्शन गरेको छ। 

अर्थतन्त्रलाई तहसनहस हुनबाट जोगाउन तथा तत्काल महँगी नियन्त्रण गर्न सरकारले कदम चालेकाले राँके जुलुस निकाल्नु परेको संगठनका अध्यक्ष कैलाश कटुवालले बताए ।

नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि संगठनले विरोध जनाएको हो । निगम सञ्‍चालक समितिको बैठकले डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।

राति १२ बजेदेखि लागू भइसकेको पनि निगमले जनाएको थियो छ । बढाइएको मूल्यसँगै अब एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ भने मट्टितेलको मूल्य लिटरको १ सय ९२ रुपैयाँ पुगेको छ ।