सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

काठमाडौँको मच्छेगाउँमा एक युवकको शव फेला

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिका-९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । 

मच्छेगाउँको टखेल नयाँबजारस्थित डेराको भुइँमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।