सेयर बजारमा पहिराे, १८८४ अंकमा झर्यो बजार

काठमाडौँ - साताको दोस्रो कारोबारको दिन सोमबार बजार उल्लेख्य रूपमा घटेको छ । आज बजार परिसूचक ४९ अंकले घटेको हो । साताको पहिलो कारोबारको दिन आइतवार ३७ दशमलव २७ अंकले घट्दा समग्र बजार मापक परिसूचक १९३४ दशमलव ११ अंकमा ओर्लिएको थियो । आज बजार परिसूचक ४९ दशमलव ३१ अंक अर्थात २.५५ प्रतिशत घटेर १८८४ दशमलव ८१ अंकमा ओर्लिएको छ ।
‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.०५ प्रतिशत अर्थात ७ दशमलव ६६ अंकले घटेर ३६६.१९ मा ओर्लिएको छ । सोमबार कारोबार रकम भने बढेको छ । आज १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आइतबार कारोबार रकम १ अर्ब १३ करोडमा सिमित थियो । सोमबार ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर ३६ हजार ४ सय ६४ पटकमा खरिद बिक्री भएको थियो, जसमा २३० कम्पनी सामेल थिए ।
४९ अंकले बजार घट्दा पनि आँधिखोला लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज अन्य उच्च कारोबार गर्ने कम्पनीहरूमा सिवाइसी लघुवित्त, ओरियन्टल होटेल, सिद्धार्थ इक्व्युटी फण्ड, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर लगायतका कम्पनी रहेका छन् । उप-समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया