डुम्रे-बेँसीशहर खण्ड १२ घण्टापछि सञ्चालनमा

तनहुँ - भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको डुम्रे-बेँशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्ध भएको उक्त सडक खण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
अवरुद्ध पृथ्वीराज मार्ग खुल्यो
पृथ्वीराज मार्ग सडक खण्ड अन्तर्गत तनहुँको बन्दिपुर-५ याम्पामा पहिरो खस्दा सडक अवरुद्ध भएको राजमार्ग पुनःसञ्चालनमा आएको छ । पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्ध भएको थियो ।
पहिरा पन्छाएर सवारीसाधान आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिए । उक्त सडक खण्डमा समय समयमा पहिरो खसिरहेको छ । रासस

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया