सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

बैतडीबाट १८ वर्षीया युवती बेपत्ता

बैतडी - बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका-८ की १८ वर्षीया सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले जानकारी दिए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् ।

प्रहरीका अनुसार आफन्तले दिएको निवेदनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले सरस्वतीसँग गत चैतमा कञ्‍चनपुरबाट भागी विवाह गरेका थिए ।