एसपीपी खारेजीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विरोधमा आज यहाँ प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा युवा संघका अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी युवाले एसपीपीका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् । सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपीपी चाहिँदैन देश बेच्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्य एवं युवा संघका इन्चार्ज दिलु पन्तले एसपीपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले एसपीपी राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे ।
पार्टीका केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडि बढाउनेलाई देश निकाला गर्नुपर्ने बताए । उनले एसपीपीमार्फत राष्ट्रलाई कमजोर पार्ने देशद्रोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया