दुर्घटनामा दुई जनाको ज्यान गयो

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकामा मालबाहक गाडी दुर्घटना भएको छ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक आज विहान गुर्भाकोट नगरपालिका ९ पातिकाल्नामा दुर्घटनामा परेको हो ।
गुर्भाकोट आज बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीका अनुसार ट्रक भित्र च्यापिएको अवस्थामा रहेको दुईवटै शवको उद्धार गरिएको तर नाम पुष्टि भइनसकेको बताए ।
दुई जना नै जाजरकोटका रहेको खुलेको घर्तीले जनाए । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया