मनसुनी वायुको सामान्य प्रभाव
काठमाडौँ- हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन- चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया